दफा १०
समितिको बैठक :

(१) समितिको बैठक आवश्यकतानुसार अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ ।
(२) सदस्य–सचिवले समितिको बैठक बस्ने सूचना कम्तीमा सात दिन अगावै सदस्यहरूलाई दिनु पर्नेछ ।
(३) समितिको कूल सदस्य संख्याको पचास प्रतिशतभन्दा बढी सदस्यहरू उपस्थित भएमा समितिको बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।
(४) समितिको बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा बैठकमा उपस्थित सदस्यहरुले आफू मध्येबाट छानेको सदस्यले बैठकको अध्यक्षता गर्नेछ ।
(५) समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकमा अध्यक्षता गर्ने व्यक्तिले निर्णयात्मक मत दिनेछ ।
(६) समितिको बैठकको निर्णय सदस्य–सचिवले प्रमाणित गरी राख्नेछ ।
(७) समितिको बैठक सम्बन्धी अन्य कार्यविधि समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।